Section 39
मोही सम्बन्धी पुरानो मुद्दाको विशेष व्यवस्था
यो दफा प्रारम्भ हुनु भन्दा अघिल्लो मितिसम्म जग्गावालाले आफ्नोे जग्गा कमाउने मोही वा किसानसंग वाली बाँकी वापत सो मोही वा किसानलाई निष्काशित गरी पाउँ भन्ने सम्बन्धमा विभिन्न अदालतमा दायर गरी छिन्न बाँकी रहेको मुद्दाको प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि वाली बाँकी वापत अदालतले मोही वा किसानलाई निष्काशन गर्ने आदेश दिनु हुँदैन । वाली बाँकी ठहरेमा सो बाली सम्बन्धित मोही वा किसानबाट जग्गावालालाई भराई दिनुपर्छ । त्यस्तो बाँकी हो होइन भन्ने कुराको जाँचबुझ गर्न सम्बन्धित अदालतले आवश्यक देखेमा सरजमीन बुझ्न सक्नेछ ।